७ असार २०८३ आइतबार
image/svg+xml
खेल

फिफा विश्वकप : आइभरी कोस्टविरुद्ध जित हात पार्दै नकआउट चरणमा प्रवेश

जर्मनी आइभरी कोस्टविरुद्ध २-१ को पुनरागमन जित हात पार्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।

डेनिस उन्डाभले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल गरेपछि जर्मनी फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको हो। समूह इ अन्तर्गत आइतबार बिहान क्यानडाको टोरन्टोको भएको खेलमा उन्डाभले ९० प्लस ४ मिनेटमा विजयी गोल गरेका थिए।

लगातार दोस्रो जितपछि जर्मनी एक खेल अगावै नकआउट चरणमा पनि प्रवेश गरेको छ। जर्मनीले दुई खेलबाट ६ अंक जोडेर समूह इ को शीर्ष स्थानमा छ।

पहिलो हार बेहोरेको आइभरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ।

६०औं मिनेटमा जमाल मुसिएलाको स्थानमा मैदान प्रवेश गरेका उन्डाभले ६८औं मिनेटमा पहिलो गोल गर्दै खेल बराबरी गरेका थिए। उनले नादिएम अमिरीको असिस्टमा गोल गरेका थिए।

त्यसअघि कप्तान फ्रान्क कसीले ३०औं मिनेटमा गोल गर्दे आइभरी कोस्टलाई पहिलो हाफमा अग्रता दिलाएका थिए।

प्रकाशित: ७ असार २०८३ ०६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App