२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

मेरो राष्ट्रियताबारे चिन्ता लिनुपर्दैन, सीमा बारे बोलेको प्रमाण छ: बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो राष्ट्रियताबारे चिन्ता लिनु नपर्ने बताएका छन् । उनले सीमाका विषयमा आफूले बोलेको विषय ठीक भएको बताउँदै आवश्यक परे प्रमाण पेस गर्ने बताए । उनले भने, ‘मेरो राष्ट्रियताबारे चिन्ता गर्नुपर्ने केही छ र?’  

प्रधानमन्त्री बालेनले लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्रको सबै प्रमाण आफूसँग भएको बताए । त्यसका लागि सरकारले छिमेकीसँग वार्ता गरेर समाधान गर्ने बताउँदै सीमा समस्या हल गर्न बेलायतलाई बोलाउने कुरा नगरेको बताए । 

प्रकाशित: ७ असार २०८३ १७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App