२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

हाम्रो गाडी अनियन्त्रित छैन, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ: प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक यात्रा र अभियान पूर्ण नियन्त्रणमा रहेको दाबी गरेका छन्।

आइतबार चितवनको भरतपुरमा आयोजित रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यो अभियान गन्तव्यमा पुगेरै छाड्ने दृढता व्यक्त गरे।

विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले महाधिवेशनमा दिएको सुझाव र रास्वपाको भविष्यप्रति प्रकट गरेको संशयलाई संकेत गर्दै प्रधानमन्त्री शाहले गाडीको गति र दिशाका बारेमा बताएका हुन्।

उनले भने, ‘अतिथिहरूले धेरै सुझाव दिनुभएको छ, म यति मात्र भन्न चाहन्छु कि हाम्रो गाडी अनियन्त्रित छैन। हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्र यसमा ब्रेक लाग्छ।’

प्रकाशित: ७ असार २०८३ १७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App