३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
खेल

फिफा विश्वकप : ब्राजिल र मोरक्को बराबरीमा रोकिए

तस्बिर : एपी

फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा ब्राजिल र मोरक्को बराबरी गोलमा रोकिएका छन्।

न्यूयोर्क न्यूजर्सी रङ्गशालामा जारी खेलमा ब्राजिलका लागि ३२औं मिनेटमा भिनिसियस जुनियरले गोल फर्काउँदै खेल बराबरीमा रोकिएको हो। उनले ब्रुनो गुमाइरेसको पासमा उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका हुन्।

निर्धारितभन्दा १० मिनेट समय थप गर्दा समेत दुवै टोलीले थप गोल गर्न सकेनन्।

यसअघि खेलको २१औं मिनेटमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए।

यो पनि पढ्नुहोस्

फिफा विश्वकप : स्कटल्यान्ड र हाइटी भिड्दै

प्रकाशित: ३१ जेष्ठ २०८३ ०६:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App