२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

कप्तान रोहित पौडेलको आग्रह : एनपिएलमा मैदान भर्नुस्, घरबाटै पनि साथ दिनुस्

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) लाई साथ दिन दर्शकलाई आग्रह गरेका छन्।

रोहितले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो सेयर गर्दै एनपिएललाई साथ दिन आग्रह गरेका छन्। ‘भोलिबाट एनपिएल सुरु हुँदैछ, जो-जोले टिकट लिइसक्नु भयो उनीहरू मैदानमा आएर साथ दिनुहोला, टिकट नलिनु भएकाहरूले घरबाटै साथ दिनुहोला’ रोहितले भने, ‘समयमै अरू खेलहरूको टिकट सुनिश्चित गर्नुहोला एनपिएललाई सबै जना मिलेर भव्य रूपमा सफल बनाऔँ।’

सोमबार अर्थात् भोलि उद्‌घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाज प्रतिस्पर्धा गर्दैछन्। खेल दिउँसो ४ बजेबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

प्रकाशित: ३० कार्तिक २०८२ १२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App