२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

सुनसरीमा ५५ प्रतिशतभन्दा बढी मत खस्यो

सुनसरीमा ५५ प्रतिशतभन्दा बढी मत खसेको छ । कुल पाँच लाख ८० हजार ९४५ जना मतदाता रहेकोमा ५५ प्रतिशतभन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख कृष्ण पौडेलका अनुसार निर्वाचनको तोकिएको समयसीमाभित्र ५५ प्रतिशतभन्दा बढी मत खसेकोमा अहिले संख्या यकिन गर्न केही समय लाग्नेछ । उनका अनुसार जिल्लाका सवै स्थानबाट विहीबार राति अबेरसम्म निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आइ सक्नेछ ।

सुनसरीको क्षेत्र नं। १ को निर्वाचन अधिकृतको कार्यालय धरानमा रहेको छ । यस्तै, क्षेत्र नं। २ को र ४ को निर्वाचन अधिकृतको कार्यालय इनरुवाको शिक्षा तालिम केन्द्रमा रहेकोमा अब मतगणना भने क्षेत्र नं। २ को भगवती माध्यमिक विद्यालयमा हुनेछ । क्षेत्र नं। ४ को शिक्षाको तालिम केन्द्रको हलमै हुनेछ । सुनसरी क्षेत्र नं। ३ को निर्वाचन अधिकृतको कार्यालय भने दुहवीमा रहेको छ। 

झुम्का कारगारबाट १४९ जना कैदी मध्ये ७७ कैदी मतदान गरे । यस्तै, सोही मतदान केन्द्रबाट अन्य तीन जना नेपाल आर्मीले पनि मतदान अस्थायी मतदान केन्द्रका निर्वाचन अधिकृत विप्लप घिमिरेले बताए ।

यहाँ क्षेत्र नं. १ मा  एक लाख ५० हजार ३९३ जना, क्षेत्र नं. २ मा  एक लाख ५८ हजार ९१० जना,  क्षेत्र नं. ३ मा कुल एक लाख ३४ हजार ३०२ र क्षेत्र नं. ४ मा एक लाख ३५ हजार ३४० जना मतदाता रहेका छन् । यहाँ दुईवटा अस्थायी मतदान केन्द्रसहित १६७ वटा मतदान स्थल र ६२४ वटा मतदान केन्द्र रहेका छन् ।

प्रकाशित: २१ फाल्गुन २०८२ १७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App