२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

डिककको पुनरागमन हुँदा बाहिरिए बभुमा

आगामी महिना पाकिस्तानसँग हुने टेस्ट शृंखला अगाडि दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमा टोलीबाट बाहिरिएका छन्। 

क्विन्ट डि ककले अन्तर्राष्ट्रिय संन्यास फिर्ता लिँदै एकदिवसीय क्रिकेटमा फर्किएको दिन दक्षिण अफ्रिकाका टेस्ट क्रिकेटका कप्तान बभुमा बाहिरिएका हुन्।  दक्षिण अफ्रिकाले पिँडुलामा चोटपछि कप्तान बभुमा बाहिरिएको उल्लेख गरेको छ।  

उनकै कप्तानीमा गत जुनमा दक्षिण अफ्रिकाले लन्डनमा भएको विश्व टेस्ट च्याम्पियनसिपको उपाधि उचालेको थियो।  तर, उनै बभुमा पाकिस्तानसँगको शृंखलामा हुने छैनन्। उनको अनुपस्थितिमा एडेनमाक्रमले पाकिस्तानसँग हुने दुई टेस्ट शृंखलाको कप्तानी गर्नेछ। उक्त टेस्ट लाहोरमा आगामी अक्टोबरदेखि सुरु हुँदै छ।  दक्षिण अफ्रिकी टोलीका छनोटकर्ता प्याट्रिक मोरोनेले इङ्ल्यान्डमा सम्पन्न एकदिवसीय शृंखलाका क्रममा बभुमाको पिँडुलामा समस्या भएको जानकारी दिए। 

अब बभुमा करिब ६ देखि ८ हप्तासम्म मैदान बाहिर रहने भएका छन्।  ‘उनलाई भारतसँग नोभेम्बरमा हुने भ्रमणअघि तयार हुन अवसर पनि भएको छ,’मोरोनेले भनेका छन्।  दक्षिण अफ्रिका आफ्ना प्रमुख स्पिनर केशभ महाराजबिना नै पहिलो टेस्ट खेल्ने भएको छ।  तर, दोस्रो टेस्टमा भने उनी तयार हुन सक्ने विश्वास छ।  दोस्रो टेस्ट रावलपिण्डीमा अक्टोबर २० देखि सुरु हुनेछ। पछिल्लो दुई वर्षमा पहिलोपल्ट अफ स्पिनर सिमोन हार्मरलाई टोलीमा बोलाइएको छ।  बलिङ एक्सनका कारण प्रतिबन्ध पर्ने आंकलन गरिएका पेनलन सुब्राएन पनि टोलीमा समेटिएका छन्।  उनीसँगै स्पिनर सेनुरान मुथुसामी पनि दक्षिण अफ्रिकी टोलीमा जोडिए। 

टेस्ट शृंखला पछि नै समान तीन खेलको टी ट्वान्टी र एकदिवसीय शृंखला हुने भएको छ।  एकदिवसीय शृंखलामा ३२ वर्षे विकेटकिपर तथा ब्याटर डिकक संन्यासबाट फर्किएका हुन्।  सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा सम्पन्न टी ट्वान्टी विश्वकपपछि उनले टी ट्वान्टी फरम्याटबाट संन्यास लिएका थिए।  जहाँ उनी सर्वाधिक रनकर्ता पनि हुन्।  एकदिवसीय क्रिकेटबाट भने उनले सन् २०२३ मा नै बिदा लिएका थिए।  तर, अहिले उनले एकदिवसीयमा संन्यास फिर्ता लिएका छन्। 

प्रकाशित: ७ आश्विन २०८२ ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App