१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

मुवाँथाईको आर्म ब्यान्ड टेस्ट

मुवाँथाई खेलको ग्रेडिङ (आर्म ब्यान्ड टेस्ट) शनिबार सम्पन्न भएको छ। नेपाल राष्ट्रिय मुवाँथाई संघले आयोजना गरेको ग्रेडिङमा २२ खेलाडी सहभागी थिए। २० पुरुष र दुई महिला खेलाडी सहभागी थिए।

सहभागीले स्पाइरिङ, बेसिक, फिजिकल, दौड, टेक्निक, प्याडिङ र लिखित परीक्षा दिएका थिए। रेड/ह्वाइटमा एक जना, रेडमा तीन जना, ब्राउन ह्वाइटमा एक जना, ब्राउनमा तीन जना, ब्लुमा ६, ग्रिन र यल्लो ह्वाइटमा २/२ तथा यल्लो ह्वाइटमा चार जना खेलाडीले ग्रेडिङको परीक्षा दिएका हुन्।

ग्रेडिङ आयोजक संघका अध्यक्षसमेत रहेका मुख्य प्रशिक्षक गणेशलाल कक्षपतिले सञ्चालन गरेका थिए। नतिजा दुई हप्तापछि सार्वजनिक गर्ने आयोजकले जनाएको छ।

एकदिने ग्रेडिङ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा रहेको मुवाँथाईको आफ्नै हलमा भएको थियो।

प्रकाशित: ८ श्रावण २०७९ ०१:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App