२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

सन्दीप ‘प्लेयर अफ दी मन्थ’ को मनोनयनमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सेप्टेम्बर महिनाका लागि बुधबार सार्वजनिक गरेको ‘प्लेअर अफ दी मन्थ’ मनोनयनमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने परेका छन्।

सन्दीपसँगै बंगलादेशका स्पिनर नसुम अहमद र अमेरिकन खेलाडी जसकरण मलहोत्रा पनि सेम्टेम्बर महिनाको ‘प्लेअर अफ दी मन्थ’ को मनोनयनमा परेका छन्। 

ओमानमा भएको त्रिकोणात्मक शृङ्खलामा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए। ओमान, अमेरिका र नेपाल सम्मिलित शृंखलामा सन्दीपले ४ खेल खेल्दा प्रभावशाली प्रदर्शन गरेका थिए। उक्त त्रिकोणात्मक शृंखलाअघि नेपालले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध २ खेलको  

शृङ्खला क्लिन स्विप गरेको थियो। ओमान भ्रमणमा रहँदा सन्दीपले ६ खेल खेल्दा १८ विकेट लिएका थिए, जसबाट उनको बलिङ इकोनोमी ७.३८ रहेको थियो। 

सन्दीपसँगै मनोनयनमा परेका अमेरिकाका जसकरण मलहोत्राले पिएनजीविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए भने बंगलादेशका अहमदले न्युजिल्यान्ड विरुद्धको एकदिवसीय शृंखलामा टोलीको पक्षमा नतिजा निकाल्दा उत्कृष्ट प्रदर्शन गरेका थिए।

प्रकाशित: २१ आश्विन २०७८ ०१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App