१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

पाँच महिनापछि खेलाडीलाई पुरस्कार

विराटनगरमा सम्पन्न प्रथम गिरिजाप्रसाद कोइराला स्मृति विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगिताको पुरस्कार वितरण गरिएको छ। ०७७ फागुन २५–२७ मा मोरङ जिल्ला नेपाली कांग्रेस खेलकुद शाखाले आयोजना गरेको प्रतियोगिताका विजेता खेलाडीले ५ महिनापछि शनिबार पुरस्कार पाएका छन्।

६ वटा इभेन्ट्समा भएको खेलको सब जुनियर गल्र्स सिंगलतर्फ सेन्टमेरिज स्कुलकी आर्नवी भट्टराई र स्वीकृति भट्टराई तृतीय, सेन्टमेरिजकै अपाला साह दोस्रो र सगरमाथा सेकेन्डरी स्कुलकी लक्ष्मी साह प्रथम, सब जुनिय ब्वाइज सिंगलतर्फ बुढानिलकण्ड स्कुलका केशव ठाकुर र आदर्श माविका विश्वास सिंह तृतीय, आदर्श माविका डेबिड बोहोरा दोस्रो तथा सगरमाथा स्कुलका सुदीप दुलाल प्रथम भएका छन्।

त्यस्तै, जुनियर गल्र्स सिंगलतर्फ डिपिएस स्कुलकी चार्बी अग्रवाल र सगरमाथा स्कुलकी रुबी मेहता तृतीय, सगरमाथा स्कुलकी निकिता तामाङ दोस्रो तथा नमुना विद्या मन्दिरकी अञ्जली साह प्रथम, जुनियर ब्वाइज सिंगलतर्फ शिक्षादीप स्कुलका रोशन साह र यूरोकिड्स स्कुलका प्रतीकजंग बस्नेत तृतीय, आदर्श माविका आशिष चौहान दोस्रो तथा आदर्शकै अर्पण भट्टराई प्रथम भए।  

त्यसैगरी, लेडिज सिंगलतर्फ सगरमाथा उमाविकी शिल्पा सुवेदी र एभरेष्ट उमाविकी नोरा कार्की तृतीय, सेन्टमेरिज स्कुलकी अतिथि कार्की दोस्रो तथा अरनिको उमाविकी समृद्धि लुइँटेल प्रथम भइन् भने मेन्स सिंगलतर्फ सगरमाथा उमाविका आयुष श्रेष्ठ र कान्तिपुर कलेजका सुदर्शन आले मगर तृतीय, कोसी मल्टिपल कलेजका विश्व बानियाँ दोस्रो तथा कोसीकै बोधित डिसी प्रथम भए।  

खेलाडीहरुलाई नेपाली कांग्रेसका नेता गोपालमानसिंह राजभण्डारी, प्रदेशसभा सदस्य शिवनारायण सिंह गनगाईं, चुमनारायण तबदार, प्रदेशसभा सदस्य तथा प्रतियोगिताका संयोजक सूयर्माराज राईलगायतले पुरस्कार वितरण गरे। 

प्रकाशित: ५ भाद्र २०७८ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App