coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बुढानीलकण्ठमा वार्षिक खेलकुद दिवस

काठमाडौं– बुढानीलकण्ठ स्कुलले आफ्नो वार्षिक खेलकुद दिवस सम्पन्न गरेको छ। 

गत हप्तादेखि पेन्टाथलन र ट्रायथलनबाट ‘ट्य्राक एन्ड फिल्ड मिट’ सुरु भएको थियो। विद्यार्थीलाई उनीहरूको उमेर, उचाइ र तौलको आधारमा डिभिजन ए, बी, सी, डी र ई मा विभाजन गरी ट्य्राक र फिल्डको अन्तिम प्रतिस्पर्धा खेलकुद दिवसको अन्तिम दिनमा सम्पन्न गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल थिए। राष्ट्रिय गानसँगै आरम्भ भएको कार्यक्रममा स्कुलका प्रधानाध्यापक होमनाथ आचार्यले स्वागत मन्तव्य राखेका थिए भने त्यसपछि स्कुल ब्यान्ड प्रदर्शन गरिएको थियो।

सबै विजेतालाई अतिथिले प्रमाणपत्र र पदक दिए। स्कुलले राष्ट्रिय खेलकुदमा योगदान पुर्‍याउने राष्ट्रिय खेलाडीलाई पुरस्कृत गर्ने नयाँ प्रचलन पनि सुरु गर्‍यो। 

आउँदो जुनमा फ्रान्सको लियोनमा हुने अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा भाग लिन अन्तर्राष्ट्रिय स्कुल खेलकुद फेडरेसनले बुढानीलकण्ठ स्कुललाई छानेको छ। व्यवस्थापनले आगामी दिनमा स्कुललाई खेलकुद हबको रूपमा विकास गर्दै विभिन्न खेलको क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: २० पुस २०७६ ११:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App