२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

एसियाली खेलकुदः भलिबलमा नेपाल चाइनिज ताइपेइको सामना गर्दै

काठमाडौं – इण्डोनेसीयाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदको पाँचौ दिन बुधबार (आज) नेपालले पुरुष भलिबलको पहिलो खेलमा चाइनिज ताइपेइसँग खेल्दैछ। 

समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ रहेका छन्। नेपालले दोस्रो खेल यही भदौ ८ गते दक्षिण कोरियासँग खेल्ने जकार्तामा रहेका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए। एसियाली खेलकुद प्रतियोगितामा पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन्। नेपालको राष्ट्रिय भलिबल टोलीले ३२ वर्षपछि एसियाली खेलकुदमा सहभागिता जनाएको हो। 

नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ दक्षिण कोरियाको सिओलमा आयोजित एशियाली खेलकूदमा भाग लिएको थियो।

नेपाल टोलीमा क्याप्टेन इमबहादुर मगर, हरिबहादुर अधिकारी, ईश्वर थापा, दिनेशराज गिरी, राज शेरचन, धनबहादुर भट्ट, नरेन्द्र गिरी, मानबहादुर श्रेष्ठ, कुलबहादुर थापा, दीपकराज जोशी, भैरबबहादुर बम र विशालबहादुर विक रहेका छन्। प्रशिक्षकमा जगदीशप्रसाद भट्ट, लेस्ली दि जोन्जे तथा व्यवस्थापकमा भरतबहादुर शाह रहेका छन्।  (रासस)

प्रकाशित: ६ भाद्र २०७५ ०५:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App