२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
खेल

नेपाल आइपुगे ब्राजिलियन फुटबलर कार्लोस

विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस आज (मंगलबार) बिहान नेपाल आइपुगेका छन्।

उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका खेल हेर्नका लागि नेपाल आएको एनएसएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले सो जानकारी दिएको हो।

कार्लोसले मंगलबार बिहान ८ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे भने उनले बुधबार हुने धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्ने छन्।

यसअघि शुक्रबार नेपाल आउने तालिका रहे पनि स्वास्थ्य अवस्थाका कारण उनको भ्रमण स्थगित भएको थियो।

कार्लोसलाई विश्वकै उत्कृष्ट रक्षकमध्ये एक मानिन्छ। ५१ वर्षीय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलका लागि खेलेका थिए। उनीले सन् २००२ को फिफा विश्वकप जिताउन योगदान गरेका थिए।

प्रकाशित: ९ वैशाख २०८२ ०९:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App