नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह मिलेपछि अब उज्यालो नेपालका कुलमान घिसिङ र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल मिल्न बाँकी रहेको भन्दै टिप्पणी गरेका छन्।
लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर साहबिच ७ बुँदे सहमति भएसंगै बास्कोटाको यस्तो टिप्पणी आएको हो।
‘रवि–बालेन मिलेछन्। अब कुलमान–प्रचण्ड बाँकी रहे जस्तो देखियो,’ बास्कोटाले सामाजिक सन्जालमा लेखेका छन्, ‘त्यो पनि होला झैँ लाग्छ।’
यो पनि पढ्नुहोस्
बालेनलक्षित हर्कको कटाक्ष : जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछप्रकाशित: १३ पुस २०८२ ०९:१९ आइतबार





