२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

रविजी र बालेनजीको मिलनले मिलेर अघि बढ्न सक्नुपर्छ भन्ने सन्देश दिन्छ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिच भएको ७ बुँदे सहमतिले सकारात्मक सन्देश दिएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत नेता भण्डारीले यस्तो बताएका हुन्। उनले दुईबिचको मिलनले अब अरूले पनि जिम्मेवारी लिन र दिन, विश्वास दिलाउन र मिलेर अघि बढ्न सक्नुपर्ने सन्देश प्रवाह गरेको बताए।

'रवि जी र बालेन जीको मिलनले यो सन्देश दिन्छ- अब अरूले पनि जिम्मेवारी लिन र दिन, विश्वास दिलाउन र मिलेर अघि बढ्न सक्नुपर्छ,' उनले लेखेका छन्, 'यही सन्देश हरेक घटनाले असल विद्यार्थीलाई सिकाउँछ।'

यो पनि पढ्नुहोस्

गोकुल भन्छन्ः रवि-बालेन मिले, कुलमान-प्रचण्ड बाँकी

प्रकाशित: १३ पुस २०८२ ०९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App