११ पुस २०८२ शुक्रबार
image/svg+xml
खेल

आईपीएल : बेंगलुरु र पञ्जाब भिड्दै

ईण्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार रोएल च्यालेन्जर्स बेंगलुरु र पञ्जाव किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजे बेंगलुरुमा सुरु हुनेछ ।  

घरेलु टोली बेंगलुरु रजत पतिदार र पञ्जाव श्रेयस ऐरको नेतृत्वमा मैदान उत्रनेछ । 

बिराट कोहली सहभागी बेंगलुरु र रिकी पोन्टिङ मुख्य प्रशिक्षक रहेको पञ्जावले जारी सिजन समान ६ खेलबाट ८ अंक जोडेका छन्। यद्यपि रनरेटका आधारमा बेंगलुरु तेस्रो र पञ्चाव चौथो स्थानमा छन् । 

आजको खेलमा जित निकाल्न सके बेंगलुरु देल्ली क्यापिटल्सलाई पछि पार्दै १० अंकमा तालिकाको शीर्ष स्थानमा पुग्नेछ । फराकिलो हारले भने पञ्जावलाई शीर्ष स्थानमा पुर्याउनेछ ।

प्रकाशित: ५ वैशाख २०८२ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App