नेपाल महिला राष्ट्रिय फुटबल टिमकी सदस्य प्रीति राई सम्मानित भएकी छन्।
राष्ट्रिय खेलाडी राईलाई सिर्जनशील युवा एकता समाज, काँगेलको सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चले सम्मान पत्रका साथमा नगद ५५ हजार पाँच सय ५५ रुपैयाँका साथमा सम्मान गरेको हो।
शनिबार (आज) काठमाडौंको कपनस्थित शारदा एकेडेमीमा आयोजित सम्मान कार्यक्रममा राईलाई रक्षामन्त्री मानवीर राई, कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईलगायतले सम्मान पत्र र नगद हस्तान्तरण गरेर सम्मान गरेका हुन्।
सम्मानित भएपछि राईले आफूले खेल क्षेत्रबाट राष्ट्रका लागि यथाशक्य योगदान गर्ने बताइन्।

यसैबीच गायक तथा सङ्गीतकार कुमार प्रयास पनि सम्मानित भएका छन्। प्रयास सम्मान पत्रका साथमा सम्मानित भएका हुन्।
भोइस अफ नेपाल सिजन ५ का सेकेन्ड रनरअप प्रयासका दर्जनौं गीत चर्चामा छन्।
प्रकाशित: ३० चैत्र २०८१ २०:०९ शनिबार





