१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रत्यक्ष उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन निर्देशन दिएको छ।

पार्टी विधानको धारा ११७ उपधारा (३) मा व्यवस्था भए बमोजिम उम्मेदवार सम्बन्धी मापदण्ड र योग्यता पूरा गरेका योग्य व्यक्तिहरू मध्येबाट उम्मेदवार चयन गरी उम्मेदवारको नामावली पठाउन पार्टी प्रदेश समिति र जिल्ला समितिलाई निर्देशन गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

माघ १६ गते पार्टीद्वारा जारी गरिएको परिपत्रअनुसार प्रत्येक प्रतिनिधिसभा क्षेत्रीय समितिको निर्णयसहित उम्मेदवारहरूको नामावली संकलन गरी रायसहित सात दिनभित्र अनिवार्य रूपले पार्टी केन्द्रीय कार्यालयमा पुग्ने गरी नामावली पठाउन बिहीबार प्रदेश समिति र जिल्ला समितिलाई अनुरोध गरिएको उनले बताए।

उम्मेदवारमा सिफारिस गरिएका व्यक्तिहरूको राजनीतिक पृष्ठभूमि र पार्टीमा पुर्याएको योगदानसमेत उल्लेख गरी पठाउन भनिएको छ।

उम्मेदवारहरूको अन्तिम टुंगो भने पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको संघीय संसदीय बोर्डले गर्ने बताइएको छ।

प्रकाशित: १८ पुस २०८२ ०९:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App