१३ पुस २०८२ आइतबार
image/svg+xml
खेल

आइपिएलः गुजरातद्वारा लखनउसमक्ष १८१ रनको लक्ष्य प्रस्तुत

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल)को २६ औं खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जाइन्ट्ससमक्ष १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ। शनिबार दिउँसो चलिरहेको खेलमा टस जितेर लखनउले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।  

त्यसपछि मैदानमा उत्रिएको गुजरातको टोलीले ओपनरद्वय शुभमन गिल र साई सुदर्शनले अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन जोडेको छ।  

कप्तान गिलले ३८ बलमा ६० रन जोड्दा सुदर्शनले ३७ बलमा ५६ रनको योगदान दिए। यस्तै शेरफन रदरफोर्डले २२ रन बनाए।  

बलिङमा लखनउका सार्दुल ठाकुर र रवि विस्नोईले दुई÷दुई विकेट लिए। गुजरात अंक तालिकाको शीर्ष स्थानमा छ भने लखनउ छैटौँ स्थानमा छ।  

प्रकाशित: ३० चैत्र २०८१ १७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App