११ पुस २०८२ शुक्रबार
image/svg+xml
खेल

चारदेशीय टी–२० श्रृङ्खला : नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

चारदेशीय टी–२० श्रृङ्खलाको समूह चरणको अन्तिम खेल वर्षाका कारण प्रभावित भएको छ। हङकङको मिसन रोड ग्राउण्डमा भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।  

वर्षाअघि हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाएको छ। तर, त्यसपछि वर्षा सुरु भएसँगै खेल रोकिएको हो। नेपालले यो सिरिजमा राम्रो प्रदर्शन गरिरहेको छ। यसअघिका दुवै खेलमा जित हात पारेको नेपाल अपराजित फाइनल पुग्ने लक्ष्यमा छ। नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

प्रकाशित: ३० चैत्र २०८१ १३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App