२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

आईपीएल : धोनीको कप्तानीमा सिजनको पहिलो खेल खेल्दै चेन्‍नई

ईण्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजे चेन्नईमा सुरु हुनेछ । 

आजको खेलबाट महेन्द्रसिंह धोनी चेन्नईको कप्तानमा पुनः फर्कनेछन् । सिजनको पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएको चेन्नईले सो पछिका चार खेलमा लगातार हार भोगेको थियो । १० टोली सहभागी प्रतियोगिताको नवौं स्थानमा रहेपछि चेन्नईले धोनीलाई कप्तानको जिम्मेवारी सुम्पिएको हो । 

सिजनमा यसअघिका पाँचै खेलमा रितुराज गाइक्वाडले चेन्नईको कप्तानी गरेका थिए । 

अजन्क्या रहाणेको कमानीमा रहेको कोलकाता ४ अंकमा छैठौं स्थानमा छ ।  

आजको खेलमा जित निकाल्न सके चेन्नईले कम्तीमा दुई स्थान सुधार गर्नेछ । जितले कोलकातालाई भने शीर्ष चारमा प्रवेश गराउनेछ ।  

धोनीको कप्तानीमा चेन्नईले पाँच पटक आईपीएलको उपाधि जितेको छ भने कोलकाता डिफेन्डिङ च्याम्पियन हो ।  

प्रकाशित: २९ चैत्र २०८१ १७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App