इण्डियन प्रिमियर लिग (आईपीएल)मा बिहीबार शीर्ष स्थानको देल्ली क्यापिटल्स र रोएल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजे बेंगलुरुमा सुरु हुनेछ ।
अक्षर पटेलको कमानीमा रहेको देल्ली यो सिजन उच्च फर्ममा देखिएको छ । आईपीएलमा यसअघिका तीनै खेलमा जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको देल्ली बेंगलुरुविरुद्ध पनि जित निकाल्दै अपराजित यात्रालाई निरन्तरता दिने योजनामा हुनेछ । बेंगलुरुविरुद्ध जित निकाल्न सके देल्ली पुनः शीर्ष स्थानमा उक्लनेछ । ५ खेलबाट ८ अंक भएको गुजरात टाइटन्स अहिले शीर्ष स्थानमा छ ।
देल्लीविरुद्ध जित निकाल्न सके बेंगलुरुले गुजरातसँग अंक बराबरी गर्नेछ । फराकिलो अन्तरको जितले भने उसलाई शीर्ष स्थानमा पुर्याउनेछ । बेंगलुरु अहिले चार खेलबाट ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । पञ्जाव किङ्स र लखनउ सुपर जाइन्ट्सको पनि समान ६ अंक छ ।
प्रकाशित: २८ चैत्र २०८१ १५:१६ बिहीबार





