५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग पराजित

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो। टस  जितेर पहिला ब्याटिङ गरेको स्टकटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रन बनाएको थियो।

स्कटल्यान्डको लागि क्याथ्रिन ब्राइसले सर्वाधिक ६२ रन बनाइन्। नेपालको लागि रुबिना क्षेत्री र कविता कुँवरले समान २-२ विकेट लिए।

जबाफी ब्याटिङमा उत्रिएको नेपालले १८३ रनको लक्ष्य पछाउने क्रममा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन मात्र बनाउने सक्यो। नेपालको लागि ओपनर सम्झना खड्गाले सर्वाधिक ५२ रन बनाइन्।

यो अभ्यास खेल नेपालमै आयोजना हुने टी-२० महिला विश्वकप छनोटको तयारी स्वरूप खेलिएको हो।

प्रकाशित: २५ पुस २०८२ १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App