नेपाली कांग्रेसले अन्तिम समयमा आजका लागि तोकिएको पत्रकार सम्मेलन स्थगित गरेको छ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गर्ने भनिएको महत्वपूर्ण पत्रकार सम्मेलन अचानक स्थगित भएको हो।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसद्वारा आज २०८२ पौष २५ गते दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालयमा गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको व्यहोरा यसै विज्ञप्तिमार्फत् सबैलाई जानकारी गराइन्छ।’
विज्ञप्तिमा सम्मेलन स्थगित हुनुको कुनै कारण उल्लेख गरिएको छैन।

प्रकाशित: २५ पुस २०८२ १२:२५ शुक्रबार





