२४ चैत्र २०८१ आइतबार
image/svg+xml १९:२२ अपराह्न
खेल

एरिकाले अस्ट्रेलियन ओपन खेल्ने

एरिका गुरुङसहित नेपालको कराते टोलीले अस्ट्रेलियन ओपनमा प्रतिस्पर्धा गर्ने भएको छ।

आगामी अप्रिल ४ देखि ६ तारिखसम्म अस्ट्रेलियाको सिड्नी अस्ट्रेलियन ओपन हुँदै छ। उक्त प्रतियोगितामा एरिकासहित नेपालका पाँच खेलाडीले चुनौती प्रस्तुत गर्ने भएका हुन्।

त्यसका लागि पाँच खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बुधबार नै अस्ट्रेलिया प्रस्थान गरिसकेको छ। प्रतियोगितामा एक पुरुष र चार महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

फाइटतर्फ पुरुष ६७ केजीमुनि सन्तोष श्रेष्ठ, महिला ५० केजीमुनि वर्षा बुढामगर, ५५ केजीमुनि पुष्पका लामा, ६८ केजीमाथि एरिका गुरुङ र ६१ केजीमुनि सबिना श्रेष्ठले खेल्ने भएका छन्। प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ, सहायक प्रशिक्षक र अफिसियलमा अमिर राना तथा निर्णायकमा तारा गुरुङ छन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबीच टोलीलाई सफलताको शुभकामना दिँदै उनीहरूलाई बिदाइ गरेका थिए। सो अवसरमा आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता करातेका विजय लामाले टोलीका लागि प्रायोजन गरेको ट्य्राक सुट पनि प्रदान गरिएको थियो।

प्रकाशित: २१ चैत्र २०८१ ०७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App