१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ९:५४ पूर्वाह्न
खेल

प्रदेशस्तरीय क्रिकेट मंगलबारदेखि

प्रदेश स्तरीय टी– २० क्रिकेट प्रतियोगिता मंगलबार आजदेखि सुरु हुने भएको छ। विराटनगर– १९ वैजनाथपुर क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा ६ जिल्लाको सहभागिता रहनेछ।

कोसी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीकी सचिव शान्ता जोशीले जानकारी दिइन्। चैत १६ गतेसम्म हुने प्रतियोगितामा ६ जिल्लाका क्यानमा आवद्ध खेलाडीले भाग लिँदै छन्। जसमा सुनसरी, झापा, आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी, मोरङ, इलाम र उदयपुर रहेका छन्। उद्घाटन खेल इलाम र उदयपुर जिल्लाबीच हुनेछ। लिगको आधारमा यो प्रतियोगिता हुनेछ।

क्यानसँग आबद्ध भएका  ६ जिल्लालाई समेटिएको मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीका अध्यक्ष मुरारि चौधरीले बताए। प्रतियोगितामा विजेतालाई नगद १ लाख १ हजार रूपैयाँ र उपविजेतालाई ५१ हजार रूपैयाँ पुरस्कार प्रदान गरिने एकेडेमीकी सचिव जोशीले बताइन्। म्यान अफ द सिरिज हुने खेलाडीलाई  १५ हजार, बेस्ट ब्याटर, बेस्ट बलरलाई जनही ११ हजार पुरस्कार रहेको छ। दैनिक खेलको म्यान अफ दी म्याच खेलाडीलाई नगद २ हजार पाँच सय रूपैयाँ प्रदान गरिँदै छ।

यस प्रतियोगिताले कासी प्रदेशको क्रिकेट क्षेत्रको विकासमा महत्त्वपूर्ण भुमिका खेल्ने सचिव जोसीको भनाइ छ। ‘कोसी प्रदेशमा लुकेर रहेका क्रिकेट प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र नयाँ खेलाडी उत्पादन गर्न हामीले यो प्रतियोगिता गरिएको हो,’ उनले भनिन्, ‘भव्य र सभ्य तरिकाले हुने क्रिकेट प्रतियोगिता हेर्न आउन सम्पूर्णलाई आग्रह गर्दछु।’

प्रकाशित: १२ चैत्र २०८१ ०८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App