३ चैत्र २०८१ आइतबार
image/svg+xml ७:१२ पूर्वाह्न
खेल

उमा कुङ्फुको रेफ्री सेमिनार सम्पन्न

उमा कुङ्फुको राष्ट्रिय रेफ्री सेमिनार शनिबार सम्पन्न भएको छ। नेपाल उमा कुङफु संघको आयोजनामा चप्पल कारखानास्थित कुन्डलिनी रोयल्स बैंक्युटमा उक्त सेमिनार सम्पन्न भएको हो।

आगामी चैत २ गते सोही स्थानमा सातौं राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता हुँदै छ। त्यसैलाई मध्यनजर गरी रेफ्री सेमिनार सञ्चालन गरिएको हो। एकदिने सेमिनारमा १५ रेफ्री सहभागी थिए। उनीहरूलाई अन्तर्राष्ट्रिय निर्णायकत्रय तथा आयोजक संघका अध्यक्ष सन्जीतकुमार राई, उपाध्यक्ष भूपेन्द्र गुरुङ र महासचिव कमल मगरले व्यवहारिक र सैद्धान्तिक पक्षबारे ज्ञान दिएका थिए।

सेमिनारमा रिङ रेफ्री र साइड रेफ्रीको भूमिका, ड्रेस कोड, परिवर्तित नयाँ नियमलगायतबारे जानकारी गराइएको थियो। सो अवसरमा सहभागीलाई निष्पक्षता र अनुशासनमा विशेष ध्यान दिन सुझाइएको थियो। सहभागीलाई अध्यक्ष राई, उपाध्यक्ष गुरुङ, महासचिव मगरसहित संघका उपाध्यक्ष रमेश महर्जन, सदस्यद्वय सुजन कक्षपति र शेरबहादुर गुरुङले शनिबारै प्रमाणपत्र प्रदान गरेका थिए।

प्रकाशित: २५ फाल्गुन २०८१ ०८:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App