राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त दुई जना सदस्यलाई राखेपमा स्वागत गरिएको छ ।
नवनियुक्त सदस्यहरु रन्जना प्रधान र विदुर ढुंगानालाई सदस्य सचिव टंकलाल घिसिङले स्वागत गरेका हुन् ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले साेमबारमात्र दुई जनालाई परिषद्को बोर्ड सदस्यमा नियुक्त गरेका थिए ।
स्वागत कार्यक्रममा बोर्ड सदस्यहरु कमलबहादुर भट्टराई, भान बहादुर चन्द, रामचन्द्र श्रेष्ठ, अन्जना श्रेष्ठ तथा विभागीय प्रमुखहरुको सहभागिता थियो ।
प्रकाशित: १४ माघ २०८१ १८:५४ सोमबार