वेस्ट इन्डिजले दोस्रो टेस्टमा पाकिस्तानलाई १२० रनले हराउँदै ३४ वर्षपछि घरेलु मैदानमा जित हासिल गरेको छ। यो जित सन् १९९० पछिको पहिलो हो।
मुल्तानमा भएको दोस्रो टेस्टमा भ्रमणकारी टोली वेस्ट इन्डिजले घरेलु टोली पाकिस्तानलाई १२० रनले पराजित गर्यो ।
वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्दै १६३ रन बनायो, जवाफमा पाकिस्तानले पहिलो इनिङ्समा १५४ रन मात्र बनाउन सक्यो। दोस्रो इनिङ्समा वेस्ट इन्डिजले २४४ रन बनाएको थियो ।
२५४ रनको लक्ष्य पछ्पाएको पाकिस्तान तेस्रो दिनको पहिलो सेसनमा मात्र १३३ रनमा अलआउट हुन पुग्यो। बाबर आजमले सर्वाधिक ३१ रन बनाए ।
वेस्ट इन्डिजका जोमेल वारिकनले खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ९ विकेट लिए, जसमा पहिलो इनिङ्समा चार र दोस्रोमा पाँच विकेट समावेश छन्। उनी खेलको प्लेयर अफ द म्याच चुनिएका छन्।
योसँगै, पाकिस्तान २०२३–२५ आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अंक तालिकाको पुछारमा छ। विश्व टेस्ट च्याम्पियनसिपमा १४ टेस्ट खेलेको पाकिस्तानले पाँच खेल जित्न सकेको छ। क्यारेबियन टोली पुछारबाट एकस्थान माथि छ ।
टेस्ट च्याम्पियनसिपको फाइनलमा यसअघि नै दक्षिण अफ्रिका र अष्ट्रेलिया पुगिसकेका छन् । फाइनल जुलाई ११ मा लर्ड्समा हुनेछ ।
च्याम्पियनसिपमा अब एउटा शृंखलामात्र बाँकी छ । अस्ट्रेलियाले श्रीलंकासँग उसकै भूमिमा २ खेल खेल्नेछ । पहिलो खेल बुधबार सुरु हुनेछ ।
प्रकाशित: १४ माघ २०८१ १३:१८ सोमबार