९ माघ २०८१ बुधबार
image/svg+xml
खेल

विश्व उपविजेता खो-खो टोलीलाई रास्वपाकाे सम्मान

भारतमा केही दिनअघि भएको प्रथम खो-खो विश्वकपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सम्मान गरेको छ।

रास्वपाको युवा तथा खेलकुद विभागले आज दुवै टोलीलाई पार्टी कार्यालय, वनस्थलीमा निम्त्याएर विश्वकपको उत्कृष्ट प्रदर्शनका लागि सम्मान गरेको हो।

दुवै टोलीका खेलाडी, प्रशिक्षक र सदस्यलाई सम्मान गरिएकाे कार्यक्रममा पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य विजय जैरु, विभागका सचिव पुरुत्तोम पोखरेल, सदस्य ई. जगदीश खरेललगायत नेताको उपस्थिति थियो।

कार्यक्रमका वक्ताले नेपाली खेलकुदले अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै खेलाडीको थप प्रोत्साहन र अवसरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी सधैं प्रतिबद्ध रहने बताए।

नेपाली टोलीले देखाएको उत्कृष्ट प्रदर्शनले देशको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा उच्च बनाएकोमा पार्टीका नेताहरूले खेलाडीलाई बधाई दिएका थिए। खेलाडीका प्रतिनिधि वक्ताले प्रोत्साहन गरिएकोमा आभार व्यक्त गर्दै रास्वपाले सकारात्मक सन्देश दिएको बताएका थिए।

प्रकाशित: ९ माघ २०८१ १९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App