३ पुस २०८१ बुधबार
image/svg+xml
खेल

एनपीएल पहिलो क्‍वालिफायर : जनकपुरले दियो सुदूरपश्चिमलाई १४० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्‍वालिफायरमा सुदूरपश्चिम रोएल्ससामु जनकपुर बोल्ट्सले १४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको हो ।  

जनकपुरका लागि जेम्स निसामले २३ बलमा ४५ रन बनाए । लाहिरु मिलान्था १२ रनमा एलबीडब्लू धरापमा पर्दा क्याप्टेन आसिफ शेख ११ रनमा बोल्ड भए । शुभ कंसाकार २६ रनमा रनआउट भए । हर्स ठाकर पनि १२ रनमा क्याचआउट हुन पुगे । अरनिको यादवले ११ रन बनाए ।  

सुदूरका लागि दीपेन्द्र सिंह ऐरीले ३, सैफ जैबले २ तथा अभिनाष बोहोरा र स्कट कुग्गेलिनले समान एक विकेट लिए ।    

नियमित क्याप्टेन अनिल साह घाइते भएपछि जनकपुरको नेतृत्व आसिफ शेखले गरेका छन् ।  

पहिलो क्वालिफायरको विजेताले सिधैं फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टिमले दोस्रो क्वालिफायरमा बिहीबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ । कर्णाली चितवन राइनोजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा छनोट भएको हो । फाइनल भने शनिबार हुनेछ । 

यो पनि पढ्नुहोस्

एनपीएल : चितवनलाई पराजित गर्दै कर्णाली क्वालिफायरमा

 

प्रकाशित: ३ पुस २०८१ १४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App