२१ पुस २०८२ सोमबार
image/svg+xml
खेल

महिला यू–१९ एसिया कपः नेपालले दियो भारतलाई ९५ रनको लक्ष्य

नेपालले एसिसी महिला यू–१९ एसिया कप क्रिकेटमा भारतसामु ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

मलेसियाको क्वालालम्पुरमा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको हो ।  

क्याप्टेन पूजा महतोले २५, अनिशा कुमारी यादवले नटआउट २०, साना प्रविनले ९ र सोनी पाख्रिनले ८ रन जोडे । मात्र ९ बल खेलेकी अनिशाले ४ चौकाको मद्दतमा २० रन बनाएकी हुन् । 

भारतका लागि परुनिका सिसोडियाले ४ तथा आनन्दिका किशोर र मिथिला वर्माले समान एक विकेट लिए ।  

नेपाल र भारत यसअघि नै पहिलो पटक आयोजना भएको यू–१९ एसिया कपको सुपर चारमा प्रवेश गरेका छन् । जारी खेलले  समूह बीको विजेता र उपविजेता टुंगो लगाउनेछ । सोही समूहमा रहेको पाकिस्तान लगातार दुई खेल हार्दै लिग चरणबाटै बाहिरिएको छ। 

प्रकाशित: २ पुस २०८१ १३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App