१९ माघ २०८२ सोमबार
image/svg+xml
खेल

थन्डरबोल्ट्स कप : १३ वर्षमुनिका छात्रा फुटसलमा एभीएम स्कुल प्रथम

जेम्स विद्यालयद्वारा आयोजित दोस्रो थन्डरबोल्ट्स कप खेलकुद अन्तर्गत १३ वर्षमुनिका छात्रा फुटसलमा एभीएम स्कुल प्रथम, जेम्स स्कुल द्वितीय र छन्त्याल मौदुइत एकेडेमी तृतीय भएका छन्।

उक्त प्रतिस्पर्धामा जेम्स स्कुल, पाठशाला नेपाल फाउन्डेशन, रातो बङ्गला, लर्डस लाइट एकेडेमी, सेन्ट जेभियर्स स्कुल, माउन्ट भ्यू स्कुल, एभीएम स्कुल, छन्त्याल मौदुइत एकेडेमी, पुष्पाञ्जली स्कुल ,काठमान्डु प्रज्ञा कुन्ज स्कुल लगायतका विद्यालयको सहभागिता थियो।

त्यस्तै १२ वर्षमुनि छात्र फुटबलको समूह चरणमा डिएभी स्कुलले जेम्स स्कुललाई ४-० ले, लर्डस लाइट एकेडेमीले शिखर स्कुललाई ४-२ ले, नेपाल पुलिस स्कुलले सेन्ट जेभियर्स स्कुललाई  ५-० ले र विनायक स्कुलले भीएस निकेतन स्कुललाई ४-० ले हरायो।

१६ वर्षमुनि छात्र समूहको क्रिकेटमा नेपाल पुलिस स्कुलले  रेडिएन्ट रिडर्स स्कुललाई ४९ रनले र डिएभी स्कुलले  रेडिएन्ट रिडर्स स्कुललाई ८ विकेटले पराजित गर्‍यो।

सोमाबार नै भएको बास्केटबल यु-१८ छात्रतर्फको खेलमा डिएभी स्कुलले जेभियर इन्टरनेसनल कलेजलाई ६१-१० स्कोरले, अक्सब्रिज इन्टरनेसनल कलेजलाई काव्या स्कुलले ४७-३७ ले, एलआरआई स्कुलले बुढानिलकण्ठ स्कुललाई ३६-१७ ले,  गोल्डेनगेट इन्टरनेसनल कलेजले नामी कलेजलाई ५८-५३ ले तथा निस्ट स्कुलले जेम्स स्कुललाई ३६-२२ ले पराजित गर्यो।

यु-१८ छात्रातर्फ लर्डस लाइट एकेडेमीको ०७ का विरुद्ध नामी कलेजले ३६ अङ्क, काव्या स्कुलको ०४ का विरुद्ध बुढानिलकण्ठ स्कुलले १५ अङ्क, जेभियर इन्टरनेसनल कलेजको २३ का विरुद्ध भ्याली पब्लिक स्कुलले २९ अङ्क  र गोल्डेनगेट इन्टरनेसनल कलेजको  १९ का विरुद्ध रिब्स स्कुलले २४ अङ्क प्राप्त गरेका छ्न्।

प्रकाशित: २ पुस २०८१ ०६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App