१४ पुस २०८१ आइतबार
image/svg+xml
खेल

हङकङविरुद्धको शृंखलामा नेपाललाई अग्रता

नेपालले हङकङविरुद्धको यू-१९ एकदिवसीय शृंखलामा अग्रता बनाएको छ । हङकङविरुद्धको पहिलो खेलमा ३ विकेटको जित निकाल्दै नेपालले ३ खेलको शृंखलामा अग्रता बनाएको हो ।  

मुलपानी क्रिकेट मैदानमा पाहुना टोली हङकङले दिएको ११४ रनको मध्यम लक्ष्य नेपालले २६.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । 

नेपालको जितमा सिबरिन श्रेष्ठले २३, दिलसाद अलीले नटआउट १८, सन्तोष यादवले १५ र अभिषेक तिवारीले १० रनको योगदान गरे ।  

ड्यानियल म्यापले नेपालको चार विकेट लिए पनि हार भने टार्न सकेनन् ।  

यसअघि पहिला ब्याटिङ गरेको हङकङ ४१.१ ओभरमा ११३ रनमा अलआउट भएको थियो । उसका लागि अब्दुल समादले नटआउट ५० र क्याप्टेन शिव माथुरले २० रन बनाएका थिए ।  

हङकङलाई कम योगफलमा रोक्न सन्तोष यादवले ४ र दयानन्द मण्डलले २ विकेट लिए ।  

शृंखलाको दोस्रो खेल बुधबार हुनेछ । तेस्रो तथा अन्तिम खेल भने शुक्रबार खेलिनेछ । 

प्रकाशित: १ पुस २०८१ १५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App