२१ पुस २०८२ सोमबार
image/svg+xml
खेल

कनकमुनीले सातौँ पटक जित्यो राष्ट्रपति रनिङ शील्ड

कपिलवस्तु नगरपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता कनकमुनी उमाविले जितेको छ। 

कनकमुनीले लगातार सातौँ पटक यो शील्ड जितेर नयाँ कीर्तिमान बनाएको हो। उक्त प्रतियोगितामा कनकमुनीले ११ स्वर्ण, ७ रजत र ५ कास्य पदक जित्दै कुल २३ पदकको विजय हासिल गरेको छ। जितसँगै कनकमुनीले २० हजार रुपैयाँ नगद र शील्ड प्राप्त गरेको छ। 

यसैगरी, राष्ट्रिय मावि बिकुली दोस्रो भयो, जसले ५ स्वर्ण, ६ रजत र ३ कास्य पदक जितेको छ। उसले १५ हजार रुपैयाँ नगद प्राप्त गर्यो। संस्कृत मावि ३ स्वर्ण, ५ रजत र १ कास्य पदकसहित तेस्रो भएको छ। संस्कृत माविले १० हजार रुपैयाँ नगद प्राप्त गरेको छ।

कनकमुनीका अमन चौधरी (४ स्वर्ण) र मनिषा चौधरी (५ स्वर्ण) जितेर उत्कृष्ट खेलाडी घोषित भए।  

विजेता टोलीलाई नगरपालिका सामाजिक विकास समितिका संयोजक दिरेप चौधरी, वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, र नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख हरि प्रसाद ज्ञवालीले शील्ड र मेडल प्रदान गरेका थिए।

प्रकाशित: २१ मंसिर २०८१ १९:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App