भारत र अस्ट्रेलियाबीचको दोस्रो टेस्टको पहिलो दिन ११ विकेट झरेको छ ।
भारतलाई १८० रनमा अलआउट गर्दै आफ्नो पहिलो इनिङ्स थालेको घरेलु टोलीले पहिलो दिनको खेल सकिँदा एक विकेट गुमाएर ८६ रन बनाएको हो ।
उसका उस्मान खवाजा १३ रनमा जस्प्रित बुम्राहको बलमा रोहित शर्माबाट क्याच आउट भए । नाथन म्याकस्विनी ३८ र मार्नुस लाबुस्चेन २० रनमा नटआउट छन् ।
एडिलेडमा पहिला ब्याटिङ गरेको भ्रमणकारी टोली मात्र ४४.१ ओभरमा १८० रनमा अलआउट भएको थियो । नितिशकुमार रेड्डीले ४२, लोकेश राहुलले ३७ र शुब्मन गिलले ३१ रन बनाए ।

मिचेल स्टार्सले एक्लै ६ विकेट चट्काए । प्याट क्युमिन्स र स्कोट बोलान्डको नाममा २-२ विकेट रह्यो ।
५ खेलको शृंखलामा भारत १-० ले अघि छ । पहिलो खेलमा भ्रमणकारी टोली २९५ रनले विजयी भएको थियो ।
प्रकाशित: २१ मंसिर २०८१ १७:४० शुक्रबार





