१२ पुस २०८१ शुक्रबार
image/svg+xml
खेल

एनपीएल:जनकपुरलाई पोखराको १३९ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल)को पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८ रनको योगफल बनाएको हो।एनपीएलमा पोखराको यो दोस्रो खेल हो भने जनकपुरको यो तेस्रो खेल हो।

यसअघि जनकपुरले पहिलो खेलमा विराटनगर र दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गरेको छ। यसअघि चितवनसँग पराजित पोखरा आज पहिलो जितको खोजीमा छ।  

प्रकाशित: २० मंसिर २०८१ ११:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App