१८ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

मैत्रीपूर्ण फुटबलमा नेपाल ताजिकिस्तानसंग ४ -० ले पराजित

फाइल तस्बिर

पाँच महिनापछि मैदान फर्किएको नेपालले हारबाट मैत्रीपूर्ण खेल सुरु गरेको छ । नेपालले अन्तिमपल्ट विश्वकप छनोट २०२६ अन्तर्गत तटस्थ भूमि साउदी अरबमा यमनविरुद्ध खेलेको थियो । त्यसयता पहिलोपल्ट मैत्रीपूर्ण खेलमा उत्रिएको नेपालले सेन्ट्रल स्टेडियम डुसान्बेमा घरेलु टोली ताजिकिस्तानसँग ४–० को फराकिलो हार बेहोर्‍यो । अब नेपालले शनिबार अफगानिस्तानसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्नेछ।

फिफा वरीयतामा ७१ स्थान माथि रहेको ताजिकिस्तानविरुद्व नेपाल चौथोपल्ट मैदान उत्रिएको थियो। यसअघि सन् २०१७ मा एसिया कप छनोटअन्तर्गत भएको दुई खेलमा नेपाल ३–० र २–१ ले पराजित भएको थियो ।त्यस्तै, अर्को वर्ष भएको मैत्रीपूर्ण खेलमा पनि ताजिकिस्तान २–० ले विजयी भएको थियो । लगातारको तीन हारसँगै नेपाल यो तथ्य फेर्दै घरेलु टोलीलाई कम्तीमा बराबरीमा रोक्ने लक्ष्यका साथ मैदान उत्रिएको थियो। तर, शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले समान दुई गोल गरेसँगै नेपालले बराबरी खेल्ने अवसर पनि प्राप्त गरेन।

पहिलो हाफमै शेर्भोनीले दुई र जालिलोभले एक गोल गरेपछि नेपाल खेलमा ३–० ले पछि परेको प¥यो । खेलको १९औं मिनेटमै शेर्भोनीले घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि नै जालिलोभले अर्काे गोल थपे। पहिलो हाफको अन्त्यतिर शेर्भोनीले अर्काे गोल थप्दै फराकिलो जित हात पार्ने संकेत देखाएका थिए। तर, दोस्रो हाफको पाँचौं मिनेटमै जालिलोभले गोल गरेपछि नेपालले डिफेन्स मजबुत बनायो र विपक्षीलाई चार गोलमै रोक्न सफल भयो।

प्रकाशित: २८ कार्तिक २०८१ २१:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App