७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

नरेश श्रेष्ठ स्मृती यू-१९ क्रिकेटको उपाधि सुदूरपश्चिमलाई,फाइनलमा लुम्बिनी पराजित

सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो पटक नरेश श्रेष्ठ स्मृती यू १९ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

विराटनगरमा बुधबार भएको फाइलनमा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै सुदूरपश्चिमले उपाधि उचालेको हो।

सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३.१ ओभरमा ११९ रनमा अलआउट भयो।  

लुम्बिनीका कप्तान आकाश त्रिपाटीले २२, शिव कुवँरले २०, विजय कोहरले १९ र समिर अलिले १८ रन बनाए पनि जित भने दिलाउन सकेनन्।

सुदूरपश्चिमका लागि कप्तान हेमन्त धामीले ४, सचिन भट्ट र नरेन साउद समान २ तथा अशोक धामीले १ विकेट लिएपछि लुम्बिनी सस्तैमा समेटियो।

यसअघि गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ३७.३ ओभरमा अल आउट हुँदै १२७ रनको सामान्य योगफल बनाएको थियो। उसका लागि अभिषेक थापाले २९ र नरेन भट्टले २७ रन बनाए । सन्तोष यादवले आफ्नो स्पेलमा २८ रन खर्चिदै ५ विकेट लिए । रमेश कुर्मीको ३ विकेट रह्यो।

लिग चरणको पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनीसँग ४१ रनले पराजित भएको थियो। सन् २०२२ मा भएको फाइनलमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई हराएको थियो।कार्तिक १० गते सुरु भएको प्रतियोगितामा सातै प्रदेश सहभागी थिए।

प्रकाशित: २१ कार्तिक २०८१ १५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App