२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
खेल

पाकिस्तानविरुद्धको पहिलो एक दिवसीयमा अस्ट्रेलिया विजयी

अस्ट्रेलियाले पाकिस्तानविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा २ विकेटको कठिन जित निकालेको छ। योसँगै घरेलु टोलीले ३ खेलको शृङ्खलामा १-० को अग्रता बनाएको छ।

मेलबर्नमा पाकिस्तानले दिएको २०४ रनको लक्ष्य अस्ट्रेलियाले ३३.३ ओभरमा ८ विकेट गुमाएर भेट्टायो। उसको जितमा जोस इङ्लिसले ४९, स्टेभन स्मिथले ४४ र क्याप्टेन प्याट क्युमिन्सले ३२ रनको योगदान दिए। ११३ रन जोड्दा ३ विकेट गुमाएको अस्ट्रेलिया १३९ रन जोड्दा ६ विकेट गुमाउन पुगेपछि एक समय धरमराएको थियो। हेरिस रौफले ३ र शहिन शाह अफ्रिदीले २ विकेट लिए पनि पाकिस्तानको हार भने टार्न सकेनन्।

यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तान ४६.४ ओभरमा २०३ रनमा अलआउट भएको थियो। क्याप्टेन मोहमद रिजवानले ४४, नसीम शाहले ४० र बाबर आजमले ३७ रन बनाए। मिचेल स्टार्सले ३ तथा प्याट क्युमिन्स र एडम जाम्पाले समान २/२ विकेट लिएपछि पाकिस्तान कम योगफलमा समेटिएको थियो।दोस्रो खेल शुक्रबार हुनेछ।

प्रकाशित: १९ कार्तिक २०८१ १६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App