१२ कार्तिक २०८१ सोमबार
image/svg+xml
खेल

साफ महिला च्याम्पियनसिप : नेपाल र भारतबीचको पहिलो हाफ बराबरीमा

काठमाडौमा जारी महिला साफ च्याम्पियनसिपको दोस्रो सेमिफाइनमा नेपाल र भारतले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।  

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले आफ्नो नियन्त्रण कायम राखेपनि गोल भने गर्न सकेन। नेपालले दर्जनबढी गोलको अवसर बनाएको थियो।

सवित्रा भण्डारीले दायाँ साइटबाट प्रहार गरेको बललाई भारतीय खेलाडीले हातले रोकेपनि अम्पायरले पेनाल्टी भने नदिँदा नेपालले सुनौलो अवसर गुमाएको थियो ।  

पहिलो हाफको अन्त्यमा भारतले समेत गोलको अवसर सदुपयोग गर्न सकेन। 

जारी खेलको विजेताले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ । बंगलादेश आइतबार नै भएको पहिलो सेमिफाइनलमा भुटानलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो । 

प्रकाशित: ११ कार्तिक २०८१ १९:२२ आइतबार

#Saff woman Champion #Sabitra Bhandari #Shambha