२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

स्थानीयको प्रश्नमा बालेन्द्रको जवाफ : मेनिफेस्टो फागुनको पहिलो सातामा आउँछ

झापा कमल गाउँँपालिकाका स्थानीयले बालेन्द्र साहसँग स्वतन्त्र पार्टीको एजेन्डा र आगामी योजनाबारे प्रश्न गरेका छन्।

तर रास्वपाबाट झापा ५ मा उम्मेदवार बनेका साह त्यसको जवाफ दिँदै जनतासँग समन्वय गरेर मेनिफेस्टो तयार पार्ने काम भइरहेको बताएका छन्। त्यहाँका जनतासँग उनले भने, ‘हरेक समुदाय र व्यक्तिका एजेन्डा फरक–फरक हुन्छन्। कसैको स्वास्थ्यसँग सम्बन्धित हुन्छ, कसैको शिक्षा, कसैको पूर्वाधार। व्यापार गर्नेका लागि व्यापार महत्त्वपूर्ण हुन्छ भने किसानका लागि खेती। सबैलाई सबै कुरा आवश्यक नहुन सक्छ। त्यसैले जो–जो व्यक्तिलाई जुन विषयमा चासो छ, त्यसअनुसारका एजेन्डा हामी तयार पार्दैछौं।’

साहले क्षेत्रगत, स्थानीय तथा राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर छुट्टाछुट्टै एजेन्डा तयार गरिने बताए। उनले आफ्नो पार्टीको मेनिफेस्टो आगामी फागुनको पहिलो सातामा सार्वजनिक गरिने बताए।  

प्रकाशित: २० माघ २०८२ ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App