१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

श्रीराम: प्रशिक्षक, रेफ्री र खेलाडी

एनएसजेफ स्पोर्ट्स अवार्ड

नेपाली खेलकुदमा केही छैन भन्नेहरू हजारौं भेटिन्छन्। झन् भरखरै पहिचान बढाउँदै गरेको रग्बीमा के होला र १ भन्नु अस्वाभाविक नहोला। तर त्यसो होइन। नेपाली रग्बीलाई नजिकबाट नियाल्दा त्यस्तो एउटा समूह पाइन्छ, जसलाई यो खेलको दिनरात चिन्ता छ। आफ्नो ठूलो स्वार्थ केही हुन्न, काम गरेको गर्‍यै हुन्छ। त्यसमध्ये एक हुन्, श्रीराम श्रेष्ठ। जम्माजम्मी ३३ वर्षका भए। त्यसमध्ये एक तिहाइ जीवन त रग्बीमै लगाइसके। थाहा छ, यसमा लागेर धेरै केही हुन्न। तर एक थोक भने मज्जाले छ, मनमा शान्ति, अलिकति गर्व र अलिकति सन्तुष्टि पनि।

अहिले श्रीरामको चर्चा किन छ भन्दा उनी त्यो अवार्डको त्यो विधामा मनोनयम परेका छन्, जसलाई उनी जितसरह मान्छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा यसै साता हुने एनएसजेएफ पल्सर स्पोट्रस अवार्ड ०८० मा उनी पिपुल्स च्वाइस अवार्डको एक प्रत्याशी हुन्। उनी भन्छन्, ‘हामी सबै रग्बी परिवार खुसी छौं, किन नहुनु पनि रु आखिरमा हामीले ढिलोचा“डो नै सही आफूले गरेको कामका लागि श्रेय पाएका छौं। हाम्रा लागि त मनोनयनमा पर्नु नै जितसरह हो।’

बनेपा नालाका श्रीराम एक दशकभन्दा बढीदेखि रग्बीमा लागेको लाग्यै छन्। उनी सबैभन्दा अनुभवी र सिनियर खेलाडीमा पर्छन्, केही नभए पनि ठूला आठ–नौ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्। चाहिएको बेला प्रशिक्षक पनि हुन्छन्। अनि चाहिएको बेला रेफ्री पनि। एउटा दुबिधा भने छ, खेल्न छाडेपछि प्रशिक्षक हुने कि रेफ्री। तर अर्को दुबिधा भने छैन्, रग्बीबाट टाढा जाने। उनी यो खेललाई यति मन पराउँछन् कि यसबाट टाढा जाने सोच्नै सक्दैनन्।

जम्बो कोकको बोतल हातमा पर्‍यो भने हामी के गर्छौं रु गिलासमा हालेर पिउँछौं नि। श्रीराम भने सबैभन्दा पहिले त्यो बोतललाई रग्बीको बल सम्झन्छन् र त्यसलाई घुमाउने प्रयास गर्छन्। यो त एउटा सानो उदाहरण मात्रै हो, श्रीरामका लागि रग्बी के हो भनेर भन्न। सुरुमा उनी फुटबल खेल्थे। पछि भलिबल पनि खेले। बीचमा विदेश जाने प्रयास पनि गरे। सायद मन यताउता चञ्चल थियो। यत्तिकैमा साथीभाइको संगतले रग्बीमा एकाएक छिरे।

त्यसपछि त यो खेलमा के एकपल्ट माया बस्यो, उनको जीवनले त्यसमै आफ्नो सबथोक देख्यो। उनी अग्ला पनि राम्रैसँग छन्, छ फिट चार इन्च। शरीर पनि बलियो। रग्बीलाई नै सुहाउने खालको। ‘पिपुल्स च्वाइस अवार्ड यसपल्ट मैले जित्नेछु छैन, थाहा छैन। तर यसले रग्बीको नयाँ पुस्ताका खेलाडीलाई एउटा बाटो भने खोलिदिएको छ। मन लगाएर खेल्नु। धेरै मिहिनेत गर्नु। नेपाली रग्बीका खेलाडीले अब यो विधामा मात्र होइन, अरू धेरै विधामा पनि अवार्ड जित्न सक्छन्,’ श्रीराम भन्छन्।

गत सातासम्म उनी प्रशिक्षणकै लागि भनेर पोखरामा थिए। अहिले यता काठमाडौंतिरै छन्। अलिकति व्यस्तै हुनेछन्, आफ्नो मत बढाउने हलचलका लागि। बनेपाको रैथाने किसान परिवार यसरी रग्बीमा होमिनु आफैँमा अद्वितीय छ। आमा बुबाको साथ र सहयोग त रहने भयो नै, श्रीरामलाई आफ्नी पत्नी अञ्जनाको पनि बलियो प्रोत्साहन छ। सँगै चार वर्षीया छोरी अमायरा पनि छँदै छिन्। विश्वास नहुन सक्छ, अञ्जना आफैँ पनि रग्बीको खुब ठूलै पारखी भइसकिन्।

त्यो पनि अन्तर्राष्ट्रिय रग्बीलाई नै पछ्याउने खालको। श्रीरामको खेल हुनुपर्छ, अञ्जना कहिल्यै त्यसलाई छुटाउ“दिनन्, यो हो नि परिवारको साथ भनेको। उनले पछिल्लो समय केही साथाभाइको सक्रियतामा रग्बीको एउटा क्लब पनि खोलेका छन्, गोर्खाली रग्बी क्लब। त्यो अर्थमा रग्बी उनका लागि सबथोक हो। यस्तै यस्तै कारणले पछिल्लो समय चर्चामा रहने खेलाडीमा रहे, श्रीराम। अझ भनौं, रग्बीका ‘श्रीराम’। यो खेलका सच्चा भक्त।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८० को विजेताको चयन भोटिङबाट हुने गर्छ। त्यसमध्ये ५० प्रतिशत मतभार ई–सेवाबाट हुने भोटिङको हुनेछ। सामाजिक सञ्जाल फेसबुकको मतभार २५ प्रतिशत हुनेछ। अनि बाँकी मञ्चसँग आबद्ध खेल पत्रकार तथा नेपाल ओलम्पिक कमिटीसन्ग आबद्ध संघका प्रमुख प्रशिक्षकको मत हुनेछ। तपाईं रग्बी मन पराउनुहुन्छ भने श्रीरामलाई एक मत त दिनै पर्ने हुन्छ, होइन र रु श्रीरामले यति त हक राख्छन्। 

प्रकाशित: २४ भाद्र २०८१ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App