श्रीराम: प्रशिक्षक, रेफ्री र खेलाडी
आफ्नो ठूलो स्वार्थ केही हुन्न, काम गरेको गर्यै हुन्छ। त्यसमध्ये एक हुन्, श्रीराम श्रेष्ठ। जम्माजम्मी ३३ वर्षका भए। त्यसमध्ये एक तिहाइ जीवन त रग्बीमै लगाइसके। थाहा छ, यसमा लागेर धेरै केही हुन्न। तर एक थोक भने मज्जाले छ, मनमा शान्ति, अलिकति गर्व र अलिकति सन्तुष्टि पनि।