१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

पेरिस ओलम्पिकमा अमेरिकाको शीर्षता कायमै, पछ्याउँदै चीन

पेरिस ओलम्पिकमा अमेरिकाको शीर्षता कायमै रहेको छ। सोमवारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कास्यसहित सबैभन्दा बढी ८६ पदकसहित अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ।

यस्तै अमेरिकालाई चीनले पछ्याइरहेको छ। चीनले २२ स्वर्ण, २१ रजत र १६ कास्यसहित कुल ५९ पदक हात पारेको छ र तालिकाको दोस्रो स्थानमा रहेको छ।

यस्तै अष्ट्रेलियाले १४ स्वर्ण, १२ रजत र नौ कास्य पदकसहित कुल ३५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ।

त्यसैगरी, चौँथो स्थानमा रहेको फ्रान्सले १३ स्वर्ण, १६ रजत र १९ कास्यसहित ४८ पदक जितेको छ भने पाँचौ स्थानमा बेलायतले १२ स्वर्ण, १५ रजत र १९ कास्यसहित कुल ४६ पदक जितेको छ।

पदक तालिकामा छैठौँ स्थानमा रहेको दक्षिण कोरियाले ११ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २६ पदक जितेको छ भने जापानले ११ स्वर्ण, छ रजत र १२ कास्यसहित २९ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ।

आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत र सात कास्यसहित कुल २६ पदक जितेको छ भने नेदरल्यान्डसले आठ स्वर्ण, पाँच रजत र छ कास्यसहित कुल १९ पदक जित्दै नवौँ स्थानमा रहेको छ। जर्मनीले आठ स्वर्ण, पाँच रजत र चार कास्यसहित कुल १७ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ। रासस

प्रकाशित: २३ श्रावण २०८१ १०:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App