१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

एसिसी महिला एसिया कपः यूएईद्वारा नेपालसामु ११६ रनको लक्ष्य, इन्दुले लिइन् तीन विकेट

एसिसी महिला एसिया कप २०२४ को उद्दघाटन खेलमा यूएईले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ।  

श्रीलंकास्थित दाम्बुला क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ८ विकेट गुमाएर ११५ रनको योगफल तयार पारेको हो।   

यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ र कभिसा गोडागले २२ रनको योगदान गरे ।  

नेपालका लागि कप्तान इन्दु बर्माले ३ तथा कृतिका मरासिनी, कविता जोशी र सबनम राईले एक एक विकेट लिए। दुई जना रनआउट भएका थिए।  

इन्दुले खुशीलाई ३६, तीर्थ सतीशलाई ९ र समाइरा धरनिधर्कलाई १३ रनमा आउट गरिन् । सबनमले रिनिथा राजिथ ६ रनमा पवेलियन पठाइन् । 

मरासिनीले शर्मा र गोडागबीचको साझेदारी तोडिन्। उनले गोडागलाई २२ रनमा क्याच आउट गराइन्। कविताले भैष्नभ महेशलाई डक आउट गरिन् । 

समूह 'ए' मा रहेको नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ मा र भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ।  

समूह 'बी' मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। 

प्रकाशित: ४ श्रावण २०८१ १५:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App