१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

एसिया कप खेल्ने नेपाली महिला टोलीको नाम सार्वजनिक

आगामी महिना श्रीलङ्कामा हुने एसिसी महिला एसिया कप खेल्ने नेपाली टोलीको नाम सार्वजनिक भएको छ।

इन्दु बर्माको कप्तानीमा बुधबार नेपाली टोलीको नाम सार्वजनिक गरिएको हो। नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मा  मनोज कटुवाल पाएका छन्।

एसियन क्रिकेट काउन्सिल (एसिसी)ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले  उद्घाटन खेलमा युएईको समान गर्ने  छ। यी दुईबिचको खेल जुलाई १९ मा हुनेछ। यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानसँग थियो। समूह ए मा रहेको नेपालले अब पाकिस्तान विरुद्ध जुलाई २१ मा खेल्नेछ भने भारत विरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ।

समूह बी मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्यान्ड रहेका छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

सार्वजनिक गरिएको नेपाली टोली

इन्दु बर्मा (कप्तान), काजोल श्रेष्ठ,रुबिना क्षेत्री,सीता राणा मगर,बिन्दु रावल,कविता कुँवर,सबनम राई,राजमती ऐरी,ममता चौधरी,कृतिका मरासिनी,रोमा थापा,पुजा महतो,कविता जोशी डली भट्ट र सम्झना खड्का  

प्रकाशित: १२ असार २०८१ २०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App