१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

आइसिसी टी २० : पाकिस्तानविरुद्ध आयरल्यान्डले १०६ रन बनायो

आइसिसी टी २० विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध आयरल्यान्डले १०६  रन बनाएको छ । टस हारेर पहिला व्याटिङ गर्ने निम्तो पाएको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको हो।

आयरल्यान्डका लागि सबै भन्दा वढि ग्यारेथ डेलानी ३१ रन बनाए। त्यसैगरी जोश लिटलले २२, मार्क एडेयरले १५ तथा जर्ज डकरेलले ११ रन बाहेक अरु कसैले दोहोराे अंकमा रन  बनाउन सकेनन्। आयरल्यान्डका दुइ जना व्याटरत ० रनमा आउट भए । आयरल्यान्डलाइ सस्तैमा समेटिन पाकिस्तानका बलरहरु हावी भएका थिए। यस क्रममा इमाद वासिम र शाहीन अफ्रिदीले तीन तीन विकेट लिए भने मोहम्मद आमिरले दुई तथा हरिस रौफले एक विकेट लिए।

समूह ‘ए’ बाट अपराजित भारत ७ अंकमा शीर्ष र अमेरिका ५ अंकमा दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगिसकेका छन्।

क्यानडासँगै पाकिस्तान र आयरल्यान्ड समूह चरणबाटै बाहिरिएका छन्। आजको खेल पाकिस्तान र आयरल्यान्डका लागि प्रतिष्ठाको लडाइँमात्र हुनेछ।

भारत र अमेरिकासँग पराजित पाकिस्तानले क्यानडालाई भने हराएको थियो। अमेरिकासँग अंक बाँडेको आयरल्यान्ड भारत र क्यानडासँग भने पराजित भएको थियो। पाकिस्तानको २ र आयरल्यान्डको एक अंक छ।

आजको खेलमा जित निकाल्न सके दुवै टोलीले समूहको तेस्रो स्थानमा रहँदै प्रतियोगिताको सुखद् अन्त्य गर्नेछन्।

पाकिस्तानः  मोहम्मद रिजवान (विकेटकीपर) सैम अयुब, बाबर आजम(कप्तान), फखर जमान, उस्मान खान, शादाब खान, इमाद वासिम, शाहीन अफ्रिदी, अब्बास अफ्रिदी, हरिस रौफ, मोहम्मद आमिर।

आयरल्यान्डः एन्डी बालबर्नी, पल स्टर्लिङ, लोर्कन टकर, ४ ह्यारी टेक्टर, कर्टिस क्याम्पर, जर्ज डकरेल, ग्यारेथ डेलानी, मार्क एडेयर, ब्यारी म्याकार्थी, जोश लिटल, बेन ह्वाइट।

प्रकाशित: २ असार २०८१ २२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App