१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

आइसिसी टी–२० विश्वकप: बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिका पहिला ब्याटिङ गर्दै

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिकाले टस जितेको छ। 

अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा भइरहेको यस प्रतियोगितामा दक्षिण अफ्रिकाले पहिला ब्याटिङ  रोजेको छ।

नेपाल रहेको समूह डीमा भएको दक्षिण अफ्रिकाले यस अघि दुई खेलमा लगातार जित निकाएको छ। बंगलादेशको यो दोश्रो खेल हो।

बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो ।समूह डीमा दक्षिण अफ्रिका पहिलो तथा बंगलादेश दोश्रो स्थानमा रहेको छ। नेपाललाई हराएको नेदरल्याड्स रन रेटका आधारमा तेश्रो स्थानमा रहेको छ। नेपाल र श्रीलंकाले कुनै अंक पाएका छैनन्। श्रीलंकाले खेलका दुवै खेल हारेको छ।

आजको खेलमा बङ्गलादेशका मुस्ताफिजुर रहमान, रिसद होसेन, तान्जिद हसन र तोहिक हृदयमाथि सबैको नजर रहने छ भने दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक, एडन मार्करम, जेराल्ड कोएत्जी र ओटनिल बार्टमनमाथि पनि सबैको नजर रहने छ।

प्रकाशित: २८ जेष्ठ २०८१ २०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App