१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

पारसको टिप्पणी: नेपाली क्रिकेटप्रति विश्लेषकहरूको वृद्धि भयो

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपालले जारी आइसिसी टि २० विश्वकपमा पहिलो खेल हारेपछि धेरै आलोचना भएको भन्दै नेपाली क्रिकेटप्रति विश्लेषकहरूको वृद्धि भएको टिप्पणी गरेका छन् ।

सोमवार ललितपुरमा सिजी फुड्स नेपाल लिमिटेडले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा उनले यस्तो प्रतिक्रिया जनाएका हुन । उनले नेपाल १० वर्षको अन्तरालपछि टि २० विश्वकप खेलिरहेको तर एउटा खेल हारेसँगै क्रिकेट टिमप्रति धेरै विश्लेषक बढेको बताए । उनले अझै तीन वटा खेल बाँकी रहेको र नेपाली टिमले राम्रो खेल्ने बताए ।

सचिव पारस खड्काले नेपाल क्रिकेटप्रतिको चासो र माया बढ्नु राम्रो रहेको धारणा राखे  । उनले नेपाली क्रिकेट धेरै सङ्घर्षबाट यस स्थानमा आइपुगेको भन्दै क्रिकेटप्रतिको आशासँगै वास्तविकतामा बसेर विश्लेषण गर्न आग्रह गरे । उनले नेपाल विश्वका नम्बर वान देशहरूसँग खेलिरहेकाले एउटा खेलबाट मूल्याङ्कन नगर्न आग्रह गरे । 

प्रकाशित: २८ जेष्ठ २०८१ १८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App